Home गृहपृष्ठ शान्ति वाटिकामा धर्नामा बसेकालाई नगर प्रहरीले हटायो

शान्ति वाटिकामा धर्नामा बसेकालाई नगर प्रहरीले हटायो

0

काठमाडौं । शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई महानगरीय प्रहरीले हटाएको छ । आज बिहान करिब साढे आठ बजेतिर पुगेको नगर प्रहरीको टोलीले धर्नामा बसेकाहरुलाई लछारपछार गर्दै हटाएको पीडितहरुले बताएका छन् । शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए ।

मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको केन्द्रीय सदस्य आकाश क्षेत्रीले भने, ‘हामी करिब २५ जना बसिरहेका थियौं । आज बिहान करिब साढे ८ बजेतिर महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरीहरु आएर हाम्रो सामान फालिदियो । पकाएको भात पनि खान दिएन । दुर्व्यवहार पनि गर्‍यो ।’ उनीहरुलाई हटाउने क्रममा ठूलो संख्यामा प्रहरीहरु पनि परिचालन गरिएको थियो ।

Exit mobile version