Wednesday, March 12, 2025
spot_img
Homeअपराध खबरविष्णु पौडेलको खेतमा भेटिएको बम डिस्पोज

विष्णु पौडेलको खेतमा भेटिएको बम डिस्पोज

काठमाडौं – स्याङ्जामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ।

पुतलीबजार नगरपालिका वडा नम्बर १४ लामागेका ७१ वर्षीय विष्णुप्रसाद पौडेलको खेतमा भेटिएको बम सेनाले बिहीबार डिस्पोज गरेको हो।

खेतमा जेसिबी लगाउने क्रममा बुधबार सवा १० बजे बम फेला परेको थियो।

श्री सिंह सारदुल गुल्मा आँधीखोला ब्यारेकबाट खटिएको सेनाको टोलीले बिहीबार उक्त बम डिस्पोज गरेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।

उक्त बम टुइच मोटरमा लाग्ने एचई बम रहेको प्रहरीले जनाएको छ। फलामको बोतलजस्तो खिने उक्त बम खेतमा कसरी आइपुग्यो भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू