Tuesday, April 1, 2025
Homeगृहपृष्ठविश्वभाषा क्याम्पसमा नयाँ भर्ना खुल्यो, कुन कुन भाषा पढाइन्छ ?

विश्वभाषा क्याम्पसमा नयाँ भर्ना खुल्यो, कुन कुन भाषा पढाइन्छ ?

काठमाडौँ । त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस विश्वभाषा क्याम्पसले नयाँ भर्ना खुला गरेको छ । प्रदर्शनीमार्गमा रहेको उक्त क्याम्पसले चिनियाँ, फ्रेन्च, स्पेनिस, जापनिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन भाषाहरूको नयाँ भर्ना खुलाएको हो । 

यी मध्ये कुनै एक भाषा पढ्न इच्छुक विद्यार्थीहरूले पुस १६ देखि पुस २६ गतेभित्र फाराम बुझाउन सक्ने सूचनामा उल्लेख छ । अंग्रेजीबाहेक सबै भाषाका लागि एसएलसी वा एसीसीमा कम्तीमा सी ग्रेड ल्याएर उत्तीर्ण भएको हुनुपर्ने छ । यस्तै अंग्रेजी लेखनका लागि स्नातक उत्तीर्ण हुनुपर्नेछ । 

यसैबिच क्याम्पसले अंग्रेजी र नेपाली भाषाबाहेक अन्य भाषाका लागि शिक्षक र अनुवादकहरू आवश्यक भएकाले सम्पर्क गर्न पनि अनुरोध गरेको छ । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू