नेपाल प्रिमियर लिग (एनपीएल) टोली विराटनर किंग्सले नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डलाई अनुबन्ध गरेको छ । विराटनगरले बाँकी खेलका लागि विकेटकिपर ब्याटर एडवार्ड्स मंगलबार नेपाल आइपुगेका छन् ।
विराटनगरको विदेशी खेलाडीमा न्युजिल्याण्डका मार्टिन गप्टिलसहित ओमानका आकिश इल्यास, क्यानडाका निकोलस किर्टोन, स्कटल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मात आलम छन् । यो टोलीले एनपीएलमा ४ खेल खेल्दा जम्मा एक खेलमात्र जितेको छ ।