काठमाडौँ, फागुन २ गते । विभिन्न बाहानामा करोडौँ ठगी गर्ने चार जना प्रक्राउ परेका छन् ।
काठमाडौँ उपत्यकाका अपराध अनुसन्धान कार्यलयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले विभिन्न बाहनमा सात करोड ७७ लाख ५१ हजार रुपियाँ ठगी गर्ने चार जनालाई प्रक्राउ गरिएको जानकारी दिनुभयो ।
उपरीक्षक रेग्मीका अनुसार प्रक्राउ पर्नेमा ४२ वर्षीय कुमार थापा, ४२ वर्षीय मिना दमै, ४३ वर्षीय रविनकुमार थापा, ३९ वर्षीय दिलीपकुमार लाभ रहेका छन् । निजहरुले चार जनाको समुह बनाई विभिन्न व्यक्तिलाई ठगी गर्ने क्रममा सुनका गहना, गाडी र जग्गाको बरोबार गर्ने देखाई विश्वसमा पार्ने ठूला कारोबार भएको देखाउने गरेको अनुसन्धानमा खुलेको छ ।
त्यस्तै अनुसन्धानमा पोखराका सुनचाँदी पसलमा पहिलो पटक १० लाख, दोस्रो पटक २० लाख, तेस्रो पटक ५० लाख रुपियाँ बराबरको गहना खरीद गरी विश्वास जितेपछि एक करोड ८० लाख रुपियाँका गहना बाहिर निर्यात गर्ने भनी लिई चेक दिई योजनाबद्ध रुपमा ठगी गरी फरार रहेको प्रहरीले जनाएको छ ।,
सूचना अधिकारी प्रहरी उपरीक्षक रेग्मीका अनुसार मिना दमैले तीन करोड ६५ लाख ५९ हजार रुपियाँ वैकिङ कसुर एवम् ठगी मुद्धा गरेको आरोप लागेको छ । यस्तै थापाविरुद्ध दुई करोड ६० लाख रुपियाँको वैकिङ कसुर एवम् ठगी गरेको मुद्धा दर्ता गरिएको छ । दिलीपकुमार लाभविरुद्ध ११ लाखको वैकिङ कसुर मुद्धा दायर गरेको सूचना अधिकारी प्रहरी उपरीक्षक रेग्मीको भनाई छ ।