विराटनगर– ल्यापटपमा पेनड्राईभ जोड्ने क्रममा करेन्ट लागेर मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियामा एक जनाको मृत्यु भएको छ।
आफ्नै फोटो स्टुडियोमा काम गर्दै गरेका सुनवर्षी–९ का ३५ वर्षीय उमेशप्रसाद साहको करेन्ट लागेर मृत्यु भएको हो। प्रहरीका अनुसार फोटो स्टुडियोभित्र काम गरिरहेका बेला सोमबार राति करिव साढे ९ बजे साहलाई करेन्ट लागेको थियो।
उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो।
अस्पताल पु¥याउनसाथ साढे १० बजे चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।