Tuesday, December 3, 2024
spot_img
Homeगृहपृष्ठलामो दुरीका १०० प्रतिशत गाडी बसपार्कमा, रोकिएको नागढुंगा नाकामा आज ब्रेक थ्रु

लामो दुरीका १०० प्रतिशत गाडी बसपार्कमा, रोकिएको नागढुंगा नाकामा आज ब्रेक थ्रु

काठमाडौंबाट लामो दुरीमा चल्ने सवारीसाधनहरु सतप्रतिशत नै नयाँ बसपार्क गंगबुमा थन्किएका छन् । काठमाडौं छिर्ने एकमात्र मुल नाका नागढुंगा तल गएको पहिरोले पूर्ण रुपमा बाटो रोकिएपछि सवारीहरु बसपार्कमा नै थन्किएका हुन् ।

पहिरोभन्दा उता हज्जारौंको संख्यामा सवारी जाममा परेका छन् । यसले छोटो समयमा काठमाडौंमा काम सकेर घर फर्किन आएका यात्रुहरुको अवस्था तहस–नहस भएको छ । बसपार्कमा खान र बस्न नै नसक्ने अवस्थाका धेरै यात्रुहरु देखिए । गोप्यताको ख्याल गर्दै हामीले उनीहरुको दृष्य र आवाज देखाएका छैनौं । तर कतिपय बसपार्कका पेटीमा नै रात विताइरहेका भेटिएका छन् ।

बस नचलेपछि गाडी स्टाफहरु समेत दशैंको मुखमा भौतारिएका छन् । ठूलो आर्थिक नोक्सानी परेका कारण सवारी धनीहरुपनि आत्तिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रमुख (प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराका अनुसार आज अवरुद्ध नागढुंगा सडक खण्ड ब्रेक थ्रु हुँदैछ । यही समय त भन्न सकिन्न, तर आजबाट सवारी सञ्चालन हुनेगरी नागढुंगाको पहिरो पन्छाइ सकिन्छ उनले भने । यहाँ बाटो खुलेपनि सहज रुपमा सवारी चल्न अझै केही दिन लाग्छ ।

ठूलो सवारी जाम रहेका कारण यसलाई व्यवस्थापन गर्न र छिचोल्न लामो समय नै लाग्ने उनले बताए । एक हप्तासम्ममा बीपी राजमार्गपनि खुल्न सक्ने उनले आँकलन गरे । त्यतापनि काम भइरहेको छ, तर केही समय लाग्ने देखिन्छ उनले भने ।

दशैं अघि सवारीहरु काठमाडौंबाट बाहिरीन पाउने आशामा अहिले टिकट बुकिङ भइरहेको छ । व्यवसायीहरुलेपनि टिकट वितरण गरिरहेका छन् । यात्रुहरुलेपनि धमाधम टिकट लिइरहेका छन् ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू