बारा । बारा प्रहरीले अवैध लागूऔषध गाँजासहित ७ जनालाई पक्राउ गरी सोमबार दिउँसो सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले गोप्य सुचनाका आधारमा आईतबार बेलुकी जितपुरसिमरा उपमहानरपालिका वडा नं. २२ अमलेखगजं स्थीत जंगलबाट १५७ किलो गाँजा सहित मानिस पक्राउ गरेको हो । गाँजा ओसार पसारमा प्रयोग भएका ३ वटा सवारी र ४ जना भारतीय सहित ७ जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
बा ११ च ४९९२ नंबरको स्कायिपोबाट मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका १ बस्ने ३९ वर्षीय रोशन नेगीले उक्त परिमाणको गाँजा ओसारेको पाईयो । स्कापियोमा ६ पोकामा १५७ केजी अवैध लागूऔषध गाँजा सहित उनी पक्राउ परेका छन् । यस्तै उक्त गाँजा लिएर आउनेमा मकवानपुर भिमफेदी गाउँपालिका वडा नं. ९ का ३० वर्षीय मुकेश लामा, जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ अमलेखगजंका ३३ वर्षीय बुद्ध पाख्रिन पनि पक्राउ परेका छन् ।
यसैगरी गाँजा लिन आएको बिआर ०५ जि ८६५६ नंबरको भारतीय पिकअप एक र विआर ०५ एजेड ८९६१ नंबरको भारतीय पल्सर मोटरसाईकल एक सहित ४ जना भारतीय नागरिक समेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारीका २६ वर्षीय अलि अहमद भाट, २३ वर्षीय जमालुदिन खान, १८ वर्षीय देव कुमार र ३५ बर्षका जागिरदिन मियाँ रहेका छन् ।