Monday, March 17, 2025
spot_img
Homeअपराध खबरलागूऔषधसहित भारतीय नागरिक पक्राउ

लागूऔषधसहित भारतीय नागरिक पक्राउ

कञ्चनपुरबाट लागूऔषध खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

१० ग्राम लागूऔषध खैरो हिरोइनसहित भारत बरेली बस्ने ३५ वर्षीय रहिम अहमद पक्राउ परेका हुन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय सुदूरपश्चिम कञ्चनपुर र लागूऔषध व्युरोको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्था जिल्लाको भीमदत्त नगरपालिका ९ बह्रमदेवबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू