Friday, March 14, 2025
spot_img
Homeअपराध खबरलागूऔषधसहति एक जना पक्राउ

लागूऔषधसहति एक जना पक्राउ

धनगढी । कैलालीबाट सात ग्राम लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

गोदावरी नगरपालिका–३ मालाखेती चोकमा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले सात ग्रौम ४६० मिलिग्राम लागूऔषध र ९२ ट्याब्लेट नाइट्राजेपामसहित एक जनालाई पक्राउ गरेको हो।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाटाका २६ वर्षीय विरेन्द्र भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लागूऔषध व्यूरो धनगढी र मालाखेती प्रहरीको टोलीले चेकजाँच गर्दा भट्टराईले लगाएको पाइन्टको खल्तीभित्र प्लास्टिकमा प्याक गरी लुकाइराखेको अवस्थामा ७ ग्राम ४६० मिलिग्राम खैरो हेरोइन र ९२ ट्याब्लेट नाइट्राजेपाम फेला परेको जनाएको छ।

बरामद लागूऔषधसहित पक्राउ परेका भट्टराईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाइएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू