काठमाडौं । लागुऔषध र ठगी मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ का सेते बुढामगर भनिने रनबहादुर बुढामगर र कपिलवस्तुकै यशोधरा गाउँपालिका बस्ने परमपति कुर्मी छन् ।
बुढामगरलाई लागु औषधको कसुरमा र कुर्मीलाई ठगीको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एस्पी निरन्जनदत्त भट्टले बताए ।
बुढामगरविरुद्ध २५ पुस २०८० मा कपिलवस्तु अदालतले लागुऔषध मुद्दामा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
कुर्मीलाई भने ठगीको कसुरमा कपिलवस्तु अदालतले २६ चैत २०८० मा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो ।
उनीहरु दुवैलाई फैसला कार्यान्वयनका लागि अदालत पठाइएको छ ।