Tuesday, December 3, 2024
spot_img
Homeगृहपृष्ठललितपुरमा सुन र नगद चोरी गर्ने पक्राउ, यसअघि नै १२ वटा मुद्दामा...

ललितपुरमा सुन र नगद चोरी गर्ने पक्राउ, यसअघि नै १२ वटा मुद्दामा कारबाही

काठमाडौं । ललितपुरका विभिन्न स्थानमा श्रृंखलाबद्ध चोरी कार्यमा संलग्न एक व्यक्तिलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । राति घरमा कोही नभएको मौका छोपी चोरी गर्ने दोलखाको सैलुङ गाउँपालिका–४ का ४० वर्षीय रघुनाथ बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले चोरी कार्यमा संलग्न उनलाई भक्तपुरको थिमी नगरपालिका–९, निकोसेराबाट पक्राउ गरेको हो ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनलाई सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै ललितपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले सानेपा र झम्सिखेलका विभिन्न चार ठाउँमा चोरी गरेको फेला परेको बताए । उनको साथबाट प्रहरीले ११० ग्राम सुन र एक लाख ८० हजार नगद बरामद गरिएको ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए ।

चोरी कार्यमा संलग्न भइ पक्राउ परेका व्यक्तिले यसअघि नै १२ वटा मुद्दामा कारबाही भोगिसकेको प्रमुख खनालले बताए । नगद र धनमाल चोरी भएको भन्दै ललितपुरका विभिन्न ठाउँबाट प्रहरीमा जाहेरी परेको छ ।

ललितपुरको झम्सिखेलका ठाकुरनाथ ढकालको घरबाट पुस १ गते ३७ लाख १६ हजार ९२५ रुपैयाँ मूल्य बराबर र सानेपामा डेरागरी बस्ने सुप्रिया राईको कोठाबाट मंसिर १७ गते २४ लाख ७६ हजार रुपैयाँ बराबरको नगद र धनमाल चोरी भएको प्रहरीमा जाहेरी परेको जनाएको छ । सानेपामै विदेशी नागरिकको कोठाबाट विभिन्न सामान चोरी गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू