Sunday, March 16, 2025
spot_img
Homeअपराध खबररुपन्देही र कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ

रुपन्देही र कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ

रूपन्देहीको कंचन गाउँपालिका २ बेहोरी बस्ने ३६ वर्षीय शुसिल बोहोरा र २५ वर्षीय सुरेस थारूलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेका छन् । इलाका प्रहरी सालझण्डीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।

कैलालीको टिकापुर नगरपालिका ९ खक्रौलाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ५० मिलिग्राम सहित सोही नगरपालिका १ दुर्गानगर बस्ने २१ वर्षीय सागर चौधरीलाई आइतबार बेलुकी उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कालाकुण्डा र इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेका थिए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू