सुर्खेत । रुकुम पश्चिममा प्रेम सम्बन्धमा रहेकी माताले विवाह गर्न दबाब दिएपछि भक्तले माताकै हत्या गरेका छन् ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ११ माथिल्लो सकेंनाका २३ वर्षीय प्रेम मल्ल र सानीभेरी गाउँपालिका- ४ लामचौरकी ४९ वर्षीया सुशीला मल्ल आफूहरुको प्रेम सम्बन्ध लुकाउन ‘भक्त’ र ‘माता’ बनेका थिए ।
प्रहरीका अनुसार सुशीला र प्रेमबीच प्रेम रहेको र आफूहरुकाे मायाप्रेमलाई विवाहमा परिणत गर्न सुशीलाले दबाब दिएपछि प्रेमले सुशीलाको हत्या गरेको देखिएको बताए ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज पोख्रेलका अनुसार मृतक सुशीला ‘माता र प्रेम ‘भक्त’का रुपमा भेटघाट हुने गरेको अनुसन्धानमा खुलेको छ । साउन २१ गते सोमबार प्रेम भेटघाटका लागि सुशीलाको घरमा आएको अनुसन्धानबाट खुलेको छ । उक्त दिनको राति दुवै जना सँगै बसेको र साउन २२ गते मंगलबार रिम्ना बजार गएर घुमेको पाइएको छ ।
सुशीलाले प्रेमलाई आफूहरुको सम्बन्धबारे घरमा र गाउँघरका मानिसहरुले थाहा पाएकाले विवाह गर्न भनेको प्रेमले विवाह नगर्ने भनेर बताएका थिए’, डीएसपी पोख्रेलले भने, ‘यही कारणले प्रेमले विवाह अस्वीकार गरेर सुशीलाको घाँटी थिची, फलामको तावा, सिलौटो, लोरा, चम्चासमेतको घरेलु औजारले प्रहार गरी हत्या गरेको भेटिएको हो ।’गत शुक्रबार सुशीला आफ्नै घरमा मृत अवस्थामा फेला परेकाी थिइन् ।
प्रेमविरुद्ध कर्तव्य ज्यान मुद्दामा रुकुम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जानकारी दिए ।