काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीलगायत नेताहरुलाई पक्राउ गरेको भन्दै विभिन्न स्थानहरुमा विरोध प्रदर्शन भएका छन् ।राजधानीको मुटु मानिएको न्यूरोड गेटमै आज राप्रपाका नेता कार्यकर्ताले आफ्नो पार्टीको नेताको रिहाईको माग गर्दै विरोध स्वरुप टायर बालेर न्यूरोड क्षेत्रमा अवरोध सृजना गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं महानगरपालिका २२ वडाका इकाई अध्यक्ष विपुल कुमार तामाङको नेतृत्वमा न्यूरोडगेटमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । अध्यक्ष तामाङ भन्छन् – हाम्रो माग छ, नेता शाही लगायत अन्य नेता तथा कार्यकर्ताको निशर्त रिहाई हुनुपर्छ । र आम जनताको मागलाई सम्बोधन सरकारले नगरे आन्दोलनको कार्यक्रम अझ कडा रुपमा अगाडी बढाउन हामी पछि हट्ने छैनौं ।