Wednesday, March 12, 2025
spot_img
Homeराजनीतिरामकुमारीदेखि रामचन्द्रसम्मको बढुवा गर्दै माधव नेपाल

रामकुमारीदेखि रामचन्द्रसम्मको बढुवा गर्दै माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले २४ सदस्यीय स्थायी कमिटीलाई ४१ सदस्यीय बनाउने भएको छ । शुक्रवार (आज) बस्ने स्थायी कमिटी बैठकमार्फत स्थायी कमिटी सदस्य सङ्ख्या बढाउने औपचारिक निर्णय गर्न लागेको सो पार्टीका नेताहरूले बताएका छन् ।

दसौँ महाधिवेशनअघि स्थायी कमिटी सदस्य रहेका र दसौँ महाधिवेशनमा पोलिटब्युरो सदस्य भएकाहरूलाई स्थायी कमिटीमा ल्याउने गरी मापदण्ड बनेको नेता प्रकाश ज्वालाले जानकारी दिए ।

यसो गर्दा रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामचन्द्र झा,डा विजय पौडेल, बलराम बास्कोटा, उर्वादत्त पन्त,विश्वनाथ प्याकुरेल र साध्यबहादुर भण्डारीलगायतका नेता स्थायी कमिटी सदस्यमा बढुवा हुनेछन् ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू