Thursday, December 5, 2024
spot_img
Homeगृहपृष्ठराप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु

राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु

काठमाण्डु, ३ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाण्डुमा गरेको आन्दोलनको क्रममा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ ।

राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज सोमबार बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन ।

डाँगीलाई आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिएका छन । डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित रहेका थिए । प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले उनको स्वास्थ्यमा झन् बढी समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।

गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले काठमाण्डुमा प्रदर्शन गरेको थियो ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू