Home अपराध खबर राजधानीबाट समातिए अनलाइन क्यासिनो चलाउने तीन जना

राजधानीबाट समातिए अनलाइन क्यासिनो चलाउने तीन जना

0

काठमाडौं – अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला घर भई काठमाडौंको कोटेश्वर बस्ने पुजन साँवा, सर्लाही घर भई अनामनगर बस्ने निशानराज कार्की र सर्लाहीकै निशान गौतम रहेका छन् । उनीहरुले क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पांडा जस्ता मुबाईल एपहरूको प्रयोग गरि अनलाइनमार्फत जुवा खेलाउने गरेको खुलेकाे हाे ।

विभिन्न खेलहरूमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी खेल खेलाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Exit mobile version