काठमाडौँ । राजधानीको बलम्बुमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चलेको छ । डिउटी सकेर पेस्तोल बुझाउने क्रममा एकाएक बलम्बु प्रहरी प्रभागभित्रै गोली चलेको हो । गोली चल्दा उनको निजी सुरक्षा गार्डलाई खुट्टामा गोली लागेको छ । घाइतेको अवस्था सामान्य रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।