Wednesday, December 4, 2024
spot_img
Homeराजनीतिरवि लामिछानेविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय हुँदै

रवि लामिछानेविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध म्याद थप गर्ने प्रयोजनका लागि भएको बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा बहस सकिएको हो ।

केहीबेरमै म्यादबारे आदेश आउने अदालत स्रोतले जनाएको छ । प्रहरीले रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका सरकारी वकिलको कार्यालयमार्फत म्याद थपका लागि ५ दिनको म्याद लिएको थियो ।

लामिछाने सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका थिए । उनलाई आजै प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू