काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गरेर जानुपर्ने अडान लिएको छ ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा कांग्रेसले उक्त अडान कायमै राखेको हो ।
‘नेपाली काँग्रेसले रवि लामिछानेको नाम नै राखेर छानबिन समिति बनाउनुपर्छ भन्ने अडान छ । उहाँहरुलाई हामीले यदी रवि लामिछानेको नाम नराख्दै गर्दा कस्तो किसिमको प्रश्ताव गर्नुहुन्छ । सरकार पक्षले भनेर पर्खिरहेका हौँ । काँग्रेस सांसद जीवन परियारले भने,‘उहाँहरु यसमा ठिक ठाउँमा हुनुहुन्न ।
सरकार पक्ष छानबिन गर्ने ठाउँमा आउनुभएको छैन ।’
प्रधानमन्त्री सहकारी प्रकरणबारे छानबिन समिति गठन गर्न र अहिलेको गतिरोध हटाउन सकारात्मक देखिएकोसांसद परियारले बताए ।