Saturday, March 15, 2025
spot_img
Homeमनोरन्जनयी हुन बितेका बर्षमा बलिउडमा घटेका चर्चित घटना

यी हुन बितेका बर्षमा बलिउडमा घटेका चर्चित घटना

सन् २०२४ को धेरै चर्चा भयो । मनोरञ्जन संसारमा धेरै अभिनेता र अभिनेत्रीहरू समाचारको हिस्सा बनेका थिए । 

यसबिचमा बलिउडमा पनि धेरै ठूला विवाद देखिए । खासगरी, ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको डिभोर्सको खबरले निकै चर्चासमेत पाएको थियो । 
यस बर्षको अन्त्यतिर दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन पनि निकै विवादमा पर्न पुगे । सन् २०२४ मा भारतीय सिनेमा उधोगमाके कस्ता विवादहरू भए, जानिराखौं  ।

ऐश्वर्या–अभिषेकको सम्बन्धविच्छेदको हल्ला
ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन आफ्नो व्यक्तिगत जीवनलाई लिएर धेरै चर्चामा आएका थिए । यी दुईबीच सबन्ध दरारको खबर धेरै नै आएको थियो । उनीहरुले सम्बन्धविच्छेद गर्न लागेको खबर पनि आएको थियो । मुकेश अम्बानीका छोरा अनन्तको विवाहमा पनि दुवै अलग–अलग पुगेका थिए । यहीँबाट उनीहरुको सम्बन्धमा समस्याको खबर फैलियो र यी खबरहरु लामो समयसम्म भाइरल बनिरहेका थिए । 

तर, अभिषेकले यसबारे प्रतिक्रिया दिए र आफ्नो औंठी देखाउँदै आफू अझै विवाहित रहेको बताए । केही समयअघि छोरी आराध्याको वार्षिक समारोहमा पनि उनीहरु सँगै देखिएका थिए । सोसँगै सम्बन्धविच्छेद र मनमुटावको खबर लगभग अन्त्य भएको थियो ।

पुनम पाण्डेले मृत्युको झुटो खबर

मोडल पूनम पाण्डे फेब्रुअरी २०२४ मा समाचारमा थिइन् । उनले मृत्युको झुटो खबर फैलाइन । उनका प्रबन्धकले पाठेघरको मुखको क्यान्सरका कारण पुनमको मृत्यु भएको पोस्ट गरेका थिए तर यो मार्केटिङ स्टन्ट थियो। पूनम आफैंले पछि भिडियो सेयर गर्दै पाठेघरको मुखको क्यान्सरबारे जनचेतना फैलाउन चाहेको भन्दै यसो गरेको बताइन् ।  

कंगनामाथी थप्पड

जब बलिउड अभिनेत्री कंगना रनौतले मण्डी लोकसभा चुनाव जितेकी थिइन्, उनी जितेपछि दिल्ली जाँदै थिइन् । जब उनी चण्डीगढ एयरपोर्ट पुगे, उनलाई एक सीआईएसएफ गार्डले थप्पड हानिदिए । यसपछि कंगनाले सामाजिक सञ्जालमा यो घटनाको बारेमा कुरा गर्दै भिडियो शेयर गरिन् ।

सलमानको घर बाहिर गोली 
गत अप्रिल २०२४ मा सलमान खानको घर ग्यालेक्सी बाहिर दुई जनाले गोली चलाएका थिए । सलमान खानलाई पनि पटकपटक ज्यान मार्ने धम्की आएको अवस्थामा यो गोली चलाइएको थियो । लरेन्स बिश्नोई गिरोहले उनको घर बाहिर गोली चलाएको जिम्मेवारी लिएको थियो।

अल्लु अर्जुन पक्राउ
दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म  ‘पुष्पा २’ अहिले हलमा चलिरहेको छ । तर, यस फिल्मको प्रिमियरमा भागदौड मच्चियो र एक महिलाको मृत्युसमेत भयो। यस मामिलामा प्रहरीले अल्लु अर्जुनलाई पक्राउ गरेको थियो । उनी धरौटीमा रिहा भएका छन् । प्रहरीले अनुसन्धान गरिरहेको छ, मुद्दा अदालतमा अझै बिचराधिन रहेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू