Tuesday, March 11, 2025
spot_img
Homeमनोरन्जनयी हुन 'प्लेब्वाई' मा एडल्ट फोटो सुट गर्ने पहिलो भारतीय नायिका

यी हुन ‘प्लेब्वाई’ मा एडल्ट फोटो सुट गर्ने पहिलो भारतीय नायिका

शर्लिन चोपडा बलिउडकी ग्ल्यामरस नायिका मध्ये एक हुन्, जसले हिजो मात्रै आफ्नो जन्मदिन मनाइएकी थिइन् ।

शर्लिन प्रायः सामाजिक सञ्जालमा अनौठो पोशाकमा देखिने गर्छिन् । जतिसुकै ग्ल्यामरस भएपनि शर्लिनले बलिउडमा भने त्यो स्थान पाउन अझै सकेकी छैनन् । हो, तर उनी प्राय सार्वजनिक स्थानमा देखिदै आएकी छिन् । शर्लिनको वास्तविक नाम मोना चोपडा हो । सन् २००५ मा फिल्म ‘टाइमपास’ मार्फत बलिउडमा डेब्यु गरेकी यी अभिनेत्री त्यसपछि स–साना भूमिकामा मात्रै देखिएकी थिइन् ।

जब शर्लिनले बलिउडमा फिल्म आउन बन्द गरे, उनले अर्को दिमाग लगाइन । शर्लिन चोपडा ह्युग हेफनरको एडल्ट म्यागजिन ‘प्लेब्वाई’ का लागि फोटोसुट गर्ने पहिलो भारतीय बन्न पुगिन् । यो फोटोसुटका लागि उनी लस एन्जलस गएकी थिइन् र त्यहाँ केही दिन ह्युग हेफनरको बंगलामा पनि बसेकी थिइन् ।

शर्लिन चोपडाले सन् २०१२ मा अन्तर्राष्ट्रिय ‘प्लेब्वाई’ का लागि एडल्ट फोटोसुट गराएकी थिइन् । जसपछि उनी थप चर्चामा आइन् । उनले एउटा म्यागजिनसँगको अन्तर्वार्ताका क्रममा यसो गर्ने पहिलो भारतीय महिला भएकोमा आफुले गर्व महसुस गरेकोसमेत बताएकी पनि थिइन ।

यस बाहेक शर्लिनले सन् २०१३ मा भएको ६६ औं कान्स इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि आफ्नो जादू देखाएकी थिइन् । उनी आफ्नो फिल्म ‘कामसूत्र थ्रीडी’ को प्रमोशनका लागि त्यहाँ पुगेकी थिइन् । त्यस समयमा शर्लिनले अफ हाइट लेहेंगामा प्रवेश गरेर सबैलाई चकित पारिन् र कहिलेकाहीं फुल स्लिभ्स पारदर्शी पोशाकमा आफ्नो सिग्नेचर स्टाइल देखाइन्।

शर्लिन चोपडाले आफ्नो बारेमा खुलासा गरेकी थिइन् कि उनको किशोरावस्थामा कुनै केटाले उनलाई हेर्न मन पराउँदैन थिए । जसका कारण उनलाई पार्टी र घुम्न जान पनि मन लाग्दैनथ्यो । उनी आफ्नै एकल संसारमा हराएकी थिइन् तर जब १५ वर्षको उमेरमा उनले मेकओभर गर्ने निर्णय गरिन् र आफूलाई आधुनिक बनाउन कुनै कसर बाँकी नराखिन् ।अभिनेत्रीले आफ्नो शरीर र फेसन स्टाइलमा पनि कडा मेहनत गर्न थालिन । 

उनी ‘बिग बोस सिजन ३’ मा पनि देखिएकी छिन् । यस शोमा उनले विद्या बालनसँग भावुक दृश्य दिन चाहेको बताएकी थिइन् ।
 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू