म्याद गुज्रिएका खाद्य सामग्रीहरु बिक्री गर्ने मिनाक्षी खाद्य उद्योग सिल गरिएको

0
177

काठमाडौं, विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफूखुसी बजारमा बिक्री बितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-८ स्थित मिनाक्षी खाद्य उद्योग सिल गरिएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त अनुसन्धान टोलीले स्थानिय जन प्रतिनिधिको रोहबरमा उक्त उद्योग सोमबार सिल गरेको हो । उद्योगमा Expire Date मेटिने स्प्रिट, Date रिलेभलिङ गर्ने मेसिन, Farm city Brand को Cornflakes, Chocos, Oats, Museli हरूमा गलत Expiry Date राखिएको र Badshah Brand को Date Expired भएका र नभएका विभिन्न मसालाहरू एकै ठाउँमा राखिएको अनुसन्धानको क्रममा पाइएको थियो । 

साथै मिनाक्षि खाद्य उद्योगका संचालकलाई बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागमा आवश्यक कागजात सहित ३ दिनभित्र उपस्थित हुन बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागले निर्देशन गरेको छ ।