Monday, March 17, 2025
spot_img
Homeगृहपृष्ठमोरङमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

मोरङमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

विराटनगर, २७ पुस । ट्याक्टरको ठक्करले मोरङको सुनवर्षी नगरपालिकामा बिहीबार साँझ एक बालकको मृत्यु भएको छ । ठक्करले स्थानीय ११ वर्षीय समीर ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरले ठक्कर दिएलगत्तै उनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

उखु लिएर डाइनिया–केरेन्जा भित्री पक्की सडक खण्डमा गुडिरहेको प्रदेश नम्बर ०१–०१–००२ त ०३८८ नम्बरको ट्याक्टरले बाटोमा खेलिरहेका समीरलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि फरार भएका ट्याक्टर चालक स्थानीय तल्लु सोरेनलाई राति प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू