Friday, March 21, 2025
spot_img
Homeगृहपृष्ठमोटरसाइकललाई ठक्कर दिने बसमाथि आगजनी, बीपी राजमार्ग अवरुद्ध

मोटरसाइकललाई ठक्कर दिने बसमाथि आगजनी, बीपी राजमार्ग अवरुद्ध

बीपी राजमार्गअन्तर्गत सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन्। स्थानीयले दुर्घटनामा संलग्न बसमा आगजनी समेत गरेका छन्। 

रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बर को अरनिको यातायात सेवा प्रालिको बसले सोमबार बिहान काठमाडौंबाट खुर्कोट जाँदै गरेको बा ६०प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थलमै मृत्यु भएको थियो। 

त्यसैगरी सो मोटरसाइकल चालक खोटाङ जिल्ला तुवाचुङ नगरपालिका–२ का कुमार राईको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। रामेछापको सुनकोशी गाउँपालिका बोहोरेटार–३ मा सो दुर्घटना भएको थियो। 

प्रहरीले बसका चालक रामेछापको मन्थली नगरपालिका–१३ का २४ वर्षीय रूपेश अधिकारीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू