Thursday, December 5, 2024
spot_img
Homeअपराध खबरमेलम्चीमा अवैध ढुंगा उत्खनन् : अख्तियारदेखि प्रहरी- प्रशासनसम्म उजुरीको चाङ

मेलम्चीमा अवैध ढुंगा उत्खनन् : अख्तियारदेखि प्रहरी- प्रशासनसम्म उजुरीको चाङ

चौतारा । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाका विभिन्न वडाहरुका सार्वजनिक जग्गा, खोला, बन तथा व्यक्तिहरुको जग्गामा अवैध रुपमा ढुंगा उत्खनन् तथा खानी संचालन गरेको भन्दै स्थानियबासीहरुले विभिन्न निकायहरुमा उजुरी दिएका छन् ।
प्राप्त समाचार अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र मेलम्ची नगरपालिकामा समेत स्थानिय पीडितहरुले उजुरी दर्ता गरेको बताइन्छ ।
स्थानिय बासीहरुका अनुसार सो नगरपालिकाको वडा नं. २, ३, ४, ५ र १२ मा अवैध रुपमा नेपाल सरकारका सम्बन्धित निकायमा दर्ता नगरी खानी संचालन गरि नेपाल सरकारको सार्वजनिक खोला, जग्गा र पुर्खाैदेखि स्थानिय उपभोक्ताहरुले संरक्षण र सम्वद्र्धन गरी आएको सार्वजनिक वन–जंगलसमेतमा अवैध ढुंगा उत्खनन् हुँदै आएको उक्त उजुरीपत्रमा उल्लेख छ ।
सम्बन्धित निकायमा उजुरी दिँदा समेत अवैध रुपमा ढुंगाको चोरी तस्करी नघटेको तीव्रखबर प्रतिनिधीलाई स्थानियबासीले बताए । मेलम्ची नगरपालिका वडा नम्बर ३ को दहपोखरी खोलामा अहिलेपनि ढुंगा उत्खनन् र निकासी जारी रहेको खुलासा गरे । स्थानियबासीहरुका अनुसार अवैध रुपमा ढुंगाको चोरी तस्करी र उत्खनन् गर्नेहरुले राती उत्खनन् गर्ने गरेको र दिउँस गर्नुपर्दा डाँडैपिच्छे आफ्ना मान्छे राखेर प्रहरी आएको थाहा पाउने वित्तिकै भाग्ने गरेको बताए । निर्माण व्यवसायी रामजी पन्तका साथै स्थानीय  प्रेम तामाङ, वसन्त गुरुङ, सुजन अर्याल, लक्ष्मण ढकाल, विष्णु तामाङ लगायतका व्यक्तिहरुले यसरी अवैध रुपमा ढुंगा उत्खनन्, चोरी तस्करी गर्दै आएको बताइन्छ ।

मेलम्ची नगरपालिकाका विभिन्न स्थानहरुका खोला, बन, सार्वजनिक जग्गाका साथै नीजि जग्गामा संचालनमा रहेका अवैध ढुंगाखानीहरुबाट दैनिक रुपमा ढुंगाको उत्खनन, चोरी, तस्करी तथा निकासी हुने गरेको बताइएको छ । जिल्लाका सम्बन्धित निकायमा उजुरी गर्दा समेत प्रहरी प्रशासनले कुनै चासो नदिएको स्थानीयबासीहरुको भनाई छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्गको बाहुनेपाटीदेखि पाटीभन्ज्याङसम्मको सडक खण्डको निर्माण ठेक्का निर्माण व्यवसायी रामजी पन्तले  पाएका छन् । बाहुनेपाटी–पाटीभन्ज्याङ सडक खण्डमा प्रयोग हुँदै आएको उक्त ढुंगाहरु राजश्व छली समेत हुने गरेको बताइएको छ । एक टिपर बराबर ४ हजार एक सय स्थानिय कर र ३ हजार ५० रुपैयाँ (भ्याट) राजश्व तिर्नु पर्नेमा बिना राजश्व ढुंगाको प्रयोग गर्दै आइरहेको बताइन्छ ।
राजश्व छली र चोरी पैठारी गर्नका लागि पनि यसरी अवैध ढुंगाहरुको चोरी तस्करी हुने गरेको बताइएको छ । एक टिपर बराबर ४ हजार एक सय स्थानिय कर र ३ हजार ५० रुपैयाँ (भ्याट) राजश्व छली गरी ५ हजार ५ सयमा निर्माण व्यवसायी पन्तले ढुंगा खरिद गर्दे आएको बताइन्छ । सो क्षेत्रमा हुने अवैध ढुंगा उत्खनन्, चोरी–तस्करीको निरन्तर तीव्रखबरले निगरानी गर्दे आएको छ । उजुरीसंगै सम्बन्धित निकायसंगको प्रतिकृया र सो क्षेत्रमा हुने ढुंगा चोरी तस्करीको थप विवरणको प्रतिक्षा गर्नुहोस् ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू