काठमाडौं, ११ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राष्ट्रिय सभा निर्वाचन बहिष्कार गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आज मतदान गर्न जानु भएन । महानगरकी उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हटौंडास्थित मतदान केन्द्र पुग्नु भएको छ ।
बालेन भने काठमाडौंमै हुनुहुन्छ । कार्यव्यस्तताका कारण भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेनले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका हुन् । यसअघि मेयर बालेनले मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि मतदान गर्नु भएको थिएन ।