Home अपराध खबर मृगको मासुसहित एक जना पक्राउ

मृगको मासुसहित एक जना पक्राउ

0

बर्दिया, २६ पुस । बर्दियामा मृगको मासुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१ छेदापुरका ३२ वर्षीय दिपचन्द्र कोरी रहेका छन् ।

कोरीको साथाबाट मृगको बच्चाको तीन किलो दुई सय ग्राम टाउको खुट्टा र मासु फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दीयाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताउनुभयो ।

जंगली जनावरको शिकार गरी ल्याउँदै गरेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कोरीलाई पक्राउ गरेको बताइएको छ । उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय गुलरियामा बुझाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अर्यालले बताउनुभयो ।

Exit mobile version