Home विविध मुग्लिन–नारायणगढ सडकमा बस दुर्घटना, २५ जना घाइते

मुग्लिन–नारायणगढ सडकमा बस दुर्घटना, २५ जना घाइते

0

चितवनको मुग्लिन–नारायणगढ सडक खण्डस्थित भरतपुर महानगरपालिकाको १७ किलोमा बस दुर्घटना भएको छ । दुर्घटनामा परेर २५ जना घाइते भएका चितवनका एसपी भावेश रिमालले बताए ।

भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा माथिबाट ढुंगा खसेपछि चालक आत्तिएर अनियन्त्रित हुँदा ग२ख ४७ नम्बरको बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

बस रौतहटको गौरबाट पोखरा जाँदै थियो । घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार हुँदै छ ।

Exit mobile version