Wednesday, March 12, 2025
spot_img
Homeगृहपृष्ठमिर्गौला रोगपीडित पूर्वमन्त्री न्यौपानेको उपचारका क्रममा निधन

मिर्गौला रोगपीडित पूर्वमन्त्री न्यौपानेको उपचारका क्रममा निधन

नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायक राज्यमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ ।

कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा आज बिहान ४ बजे भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो ।

मिर्गौला रोगपीडितसमेत रहेका पूर्णमन्त्री न्यौपानेको उपचारका क्रममा निधन भएको उनका आफन्त रहेका अधिवक्ता उमाकान्त न्यौपानेले बताए ।

उनका अनुसार न्यौपानेको तीन महिनादेखि भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो । दुई छोरा र तीन छोरी रहेका न्यौपानेका एक छोरा दुबईमा रहेकाले उनी दुबईबाट नेपाल फर्केपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने न्यौपानेले जानकारी दिए ।

वि.सं २०५१ मा कालीकोटमा नेकपा (एमाले) बाट प्रतिनिधिसभामा निर्वाचित न्यौपाने सूचना तथा सञ्चार सहायक राज्यमन्त्री भएका थियो ।

कालीकोटको रास्कोट नगरपालिका–८ को फुकोट गाउँमा जन्मेकाका न्यौपाने साविकको फुकोट गाउँ विकास समितिको अध्यक्षमा समेत निर्वाचित भएका थिए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू