Home खेलकुद महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

0

काठमाडौँ, ७ फागुन। एसीसी महिला प्रिमियर कप खेल्न मलेसिया गएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । प्रिमियर कपमा सेमिफाइनलमा आयोजक मलेसियासँग पराजित भएको नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएको हो ।

गत शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएसँगै नेपाल महिला एशिया कपमा छनौट हुन असफल भएको थियो ।

यस प्रतियोगितामा नेपालका लागि रुबिना क्षेत्रीले शतक प्रहार गर्दै नयाँ रेकर्ड बनाएकी थिइन् ।
 


Exit mobile version