काठमाडौं । महिलालाई दुर्व्यवहार गरी फरार रहेका गुल्मी सत्यवति गाउँपालिका ७ घर भएका ४४ वर्षीय डिल बहादुर गलामीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । म्यासेजिङ एपबाट महिलासँग कुराकानी गरि सामाजिक सञ्जालमा अश्लिल सन्देशसहित पोष्ट गरी चरित्र हत्या गरेको भन्दै एक महिलाले डिलबहादुर गलालीविरुद्ध उजुरी परेपछि उनलाई नेपाल प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाको उजुरीको आधारमा थप अनुसन्धान गर्ने क्रममा गलामी संलग्न रहेको खुल्न आएपछि उनलाई साइबर व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा उनलाई बाँकेबाट पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।