महिनावारी अवधि बढ्नु र सामान्य भन्दा बढी रगत बग्नुलाई अत्यधिक रक्तस्राव अर्थात् हेभी बिल्डिङ भनिन्छ । यसलाई मेनोरेजिया पनि भनिन्छ । रगतको प्रवाह बढ्नुका साथै यस समस्याबाट पीडित महिलाले दुखाइ ‘क्र्याम्प’को पनि सामना गर्नुपर्ने हुन्छ ।
यस्तो समस्या हुनुमा हर्मोनल कार्यमा असन्तुलन, फाइब्रोइड र पाठेघर सम्बन्धी समस्यासहित धेरै कारणले हुन्छ । महिनावारीको समयमा इन्डोमेट्रियल अर्थात् गर्भाशयको तह बग्छ । जसकारण रक्तस्रावको सामना गर्नुपर्ने हुन्छ । यस प्रक्रियाको मद्दतले शरीर भविष्यको गर्भावस्थाको लागि तयार हुन्छ ।
गर्भावस्था नभएको अवस्थामा पाठेघरले आफ्नो तह बगाउँछ, जसकारण योनीबाट रगत ३ देखि ५ दिनसम्म बग्छ । पाठेघरको तहमा बन्ने पाठेघरको पोलिप्सले पाठेघरको मांसपेशीलाई असर गर्छ, जसले गर्दा रगत बग्ने गर्छ । यसबाहेक शरीरमा भिटामिनको कमीले पनि यो समस्या बढाउँछ । साथै, हर्मोनल असन्तुलनले पीसीओडीको जोखिम बढ्छ, जसले रक्तप्रवाह बढाउँछ ।
लक्षण
महिनावारीको समयमा रगत जम्न थाल्छ र प्रत्येक दुई–तीन घण्टामा प्याड फेर्नुपर्ने हुन्छ । पाँच दिनसम्मको अवधिको सट्टा एक हप्ता वा सोभन्दा बढी समयसम्म रगत बग्नुले भारी रक्तस्रावलाई जनाउँछ ।
एनिमियाका लक्षणहरूमा वृद्धि, जसले थकान र कमजोर महसुस गराउँछ । दुखाइको सामना गर्नुपर्छ । यी कारणले महिनावारीको समयमा धेरै रक्तस्राव हुनसक्छ ।
क्षमता भन्दा बढी शारीरिक गतिविधि
अत्यधिक व्यायामले पाठेघरमा असर गर्ने भएकाले पाठेघरको तहमा गडबडी हुन्छ । यस्तो अवस्थामा एन्डोमेट्रियल वा पाठेघरको पोलिप्स प्रभावित हुँदा भारी रक्तस्राव हुनसक्छ ।
संक्रमण
सङ्क्रमणले पनि महिनावारीको समयमा अत्यधिक रक्तस्रावको समस्या बढाउँछ । असुरक्षित यौन सम्पर्क, धेरै पार्टनरसँग यौन सम्पर्क र डेलिभरीलगत्तै यौन सम्पर्क गर्नु सङ्क्रमणको कारक साबित हुनसक्छ । सङ्क्रमणले योनी सुन्निने, चिलाउने र रातो हुने समस्या हुन्छ । जसले पनि रक्तस्राव हुने समस्या हुन्छ ।
हर्मोनल असन्तुलन
एस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनबीच सन्तुलन कायम हुँदा पाठेघरको तहको निर्माणलाई नियन्त्रण गर्न मद्दत गर्छ । बढ्दो हर्मोनल असन्तुलनका कारण एन्डोमेट्रियमको मोटाइ अर्थात् त्यो नरम तह बढ्छ र भारी रक्तस्राव हुन्छ । थाइराइडबाट पीडित महिलालाई अत्यधिक रक्तप्रवाहको जोखिम हुन्छ ।
अण्डाशयसँग सम्बन्धित समस्या
कहिलेकाहीं अण्डाशयले महिनावारीको समयमा अण्डा छोड्दैन । यसलाई एनोओबिलियसन भनिन्छ । यस्तो अवस्थामा महिनावारीको समयमा रक्तस्राव बढ्न थाल्छ, साथै ओभेरियन सिस्टले पनि रक्तस्राव बढाउँछ ।
फाइब्रोइड
‘फाइब्रोइड’ मासु पलाउने समस्या गर्भाशयभित्र वा बाहिर हुनसक्छ । जसकारण असामान्य रक्तस्राव हुन्छ । यसले रक्तनलीहरूको वृद्धि बढाउँछ, जुन अत्यधिक रक्तस्रावको कारण साबित हुन्छ ।
क्यान्सर
पाठेघर वा पाठेघरको क्यान्सरका कारण भारी महिनावारीको सामना गर्नुपर्ने हुन्छ । क्यान्सर रजोनिवृत्ति अघि वा पछि हुनसक्छ । जसकारण महिनावारीमा धेरै रगत बग्ने र अनियमित रक्तस्राव हुने समस्या रहन्छ ।
भारी रक्तस्रावको समस्या कम गर्न के गर्ने ?
भारी रक्तस्राव हुने कारण पत्ता लगाउने
अत्यधित रक्तस्राव विभिन्न कारणले हुने भएकाले सबैभन्दा पहिले त रक्तस्रावको कारण पत्ता लगाउनुपर्छ । परीक्षण गरेर समस्या पत्ता लगाएपछि चिकित्सकको सल्लाहमा उपचार गरेपछि यो समस्या कम भएर जान्छ ।
आहारमा परिवर्तन ल्याउने
खानामा आइरन र भिटामिन सीको मात्रा बढाएर अक्सिजनको मात्रा बढाउन सकिन्छ । यसबाहेक भिटामिन सीले आइरनको अवशोषण बढाउँछ । यसले एनिमियाका लक्षणहरू हटाउन मद्दत गर्छ र निरन्तर थकानबाट छुट्कारा पाउन सकिन्छ । यसका लागि आफ्नो आहारमा हरियो सागसब्जी, फलफूल र ड्राइफ्रुट्सको सेवन गर्नुपर्छ ।
प्रशस्त पानी पिउने
शरीरमा इलेक्ट्रोलाइट सन्तुलन कायम राख्न प्रशस्त पानी पिउनुपर्छ । यसले शरीरमा रगतको मात्रा बढाउँछ, जसले भारी रक्तस्रावको समस्यालाई समाधान गर्छ । दिनमा ६ देखि ८ गिलास पानी पिउनु राम्रो हुन्छ ।
प्रशस्त निद्रा
शरीरमा बढ्दो हर्मोनल असन्तुलन कायम राख्न पर्याप्त निद्रा पनि जरुरी हुन्छ । यसले मस्तिष्कलाई सक्रिय राख्छ र शरीरमा बढ्दो अन्य समस्याबाट पनि राहत दिन्छ । यसले शरीरमा बढ्दो कोर्टिसोल हर्मोनलाई नियन्त्रण गर्न मद्दत गर्छ ।
व्यायाम
पीसीओडी र थाइराइड लक्षणहरूबाट बच्न व्यायाम र योग गर्नुपर्छ । जसले गर्दा मांसपेशीहरू तन्किन्छ र रगतको प्रवाह बढ्छ । शरीर सक्रिय र स्वस्थ रहन्छ ।