Tuesday, December 3, 2024
spot_img
Homeगृहपृष्ठमहानगरले तीन उद्योगको गेटमा फोहर थुपारिदियो

महानगरले तीन उद्योगको गेटमा फोहर थुपारिदियो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाहीस्वरुप ती उद्योगको मुख्यद्वारमा फोहरमैला थुपारिदिएको छ । 

नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहोरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालीको मुख्यद्वार प्राङ्गणमा फोहोर थुपारिदिएको हो । वीरगञ्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाहीस्वरुप आज फोहरमैला खसालिदिएको बताए ।

‘उद्योगबाट निस्कने फोहरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार अनुरोध गरेका थियौँ । तर उहाँहरूले मान्नुभएन, त्यसैले निर्देशनअनुसार फोहोरमैला थुपारिदिएको हो नगरप्रहरी प्रमुख हरि भुसालले बताए ।

महानगरले यसअघि सिर्सिया नदीमा फोहोरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए । महानगरले गत ९ वैशाखमा नदीमा फोहोरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहोरमैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनीसमेत दिएको थियो ।

तर, उद्योगले फोहरमैला व्यवस्थित गर्न आलटाल गर्दै आएका थिए । नगर प्रहरी प्रमुख भुसालले भोलि पनि नदी फोहोरमैला गर्ने उद्योगमा फोहोर फ्याँक्ने कार्यक्रम रहेको जानकारी दिए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू