Home गृहपृष्ठ मन्त्रिपरिषद् बैठक सिंहदरबारको नयाँ बैठक कक्षमा बस्दै

मन्त्रिपरिषद् बैठक सिंहदरबारको नयाँ बैठक कक्षमा बस्दै

0

काठमाडौं, ४ पुस । मन्त्रिपरिषद्को बैठक आज बुधबार बिहान ११ बजे बस्ने भएको छ ।

बैठक सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको भवनको नयाँ बैठक कक्षमा बस्नेछ ।

पुनर्निर्माण गरिएको भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनमा बस्न लागेको हो ।

भूकम्पले क्षति पुर्‍याएको सिंहदरबारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी पुर्ननिर्माण गरेको हो ।

Exit mobile version