Wednesday, March 12, 2025
spot_img
Homeखेलकुदमच्छिन्द्रलाइ हराउँदै नेपाल पुलिस क्लब बिजयी

मच्छिन्द्रलाइ हराउँदै नेपाल पुलिस क्लब बिजयी

काठमाडौं । नेपाल पुलिस क्लब बिजयी हासिल गरेको छ । 

विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु १६ युथ लिगमा सोमबार मछिन्द्र फुटबल क्लबविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको हो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा पुलिसलाई जित दिलाउन समीर राई र नसीब हेन्जनले गोल गरेका थिए भने मछिन्द्रका लागि सौगातकुमार बोम्जनले जवाफी गोल गरेका थिए ।

खेलको पहिलो हाफमा २४औं मिनेटमा सौगातको गोलमार्फत मछिन्द्रले अग्रता लिए पनि खेलको ४८औं मिनेटमा समीरले पुलिसका लागि बराबरी गोल फर्काएका थिए ।

साथै, नसीवले ५८औं मिनेटमा गोल गर्दा पुलिस २–१ ले अगाडि बढन सफल भयो । 

जितसँगै पुलिसले तीन खेलमा सात अंक जोडन सफल भएको छ भने पराजित  मछिन्द्रको समान खेलबाट ६ अंकमा सिमित रहेको छ।
 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू