गत पुस १३ गते दुईजना युवकको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटनामा ‘मुख्य दोषी’ भन्दै राजीनामा मागिएका बेला एकीकृत समाजवादी पार्टीका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले कुनै पनि हालतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पद नछाड्ने बताएका छ ।
‘गल्ती अरुले गरेका छन्, राजीनामा हाम्रो मन्त्रीले दिनुपर्ने कुरा जायज हुँदैन’, उनले सोमबार भने।
समाजवादीको तर्फबाट मन्त्री भएका ज्वालामाथि राजनीतिक प्रतिशोधसँगै भ्रष्टाचार नियन्त्रणका लागि चालिएको कदमका कारण पूर्वाग्रहवश प्रतिवेदन बनाइएको आरोप पनि श्रेष्ठले लगाएका छन्।
दोहोर्याएर रोजगार अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दुईजना युवकको ज्यान गएको थियो।
त्यही घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव नारायणप्रसाद भट्टराईको संयोजकत्वमा जाँचबुझ आयोग को प्रतिवेदनले मन्त्री ज्वालालाई मुख्य दोषी ठहर गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन दिएको छ । श्रेष्ठले गल्ती गर्दै नगरेको कामको सजाय भोग्न आफ्नो पार्टीका मन्त्री तयार नभएको भन्दै ज्वालाको बचाउ गरेका छन्।