Friday, March 14, 2025
spot_img
Homeमनोरन्जनभूषण र शान्ति श्रीको 'माया बराबर' बजारमा

भूषण र शान्ति श्रीको ‘माया बराबर’ बजारमा

भूषण खतिवडा र शान्ति श्री परियारको आवाजमा नयाँ गीत ‘माया बराबर’ सार्वजनिक गरिएको छ ।

फिन्जु पाख्रिनका प्रेमिल शब्दमा गायक भूषण खतिवडाकै सङ्गीत सुन्न सकिन्छ।

‘नेपमेलो’ नामकाे युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतको भिडियोलाई पनि उतिकै प्रेमिल प्रस्तुतिका साथ तयार गरिएको छ ।

सार्वजनिक भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको सफल प्रेम यात्रालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

उत्सव दाहालको छायाङ्कनमा तयार भिडियोमा लक्ष्मी र जीवनसँगै सागर दाहाल, विशाल पहारीको अभिनय रहेको छ ।

सार्वजनिक गीतमा हेमन्त कान्छा रसाइलीको सारङ्गी, रत्न विकेको बाँसुरी, सञ्जीव बराइलीको गितार तथा श्यामस्वेत रसाइलीको मिक्सिङ मास्टरिङ रहेको छ ।

यस ‘माया बराबर’ गीतको भिडियोलाई कलाकार द्वय लक्ष्मी र जीवनले नै निर्देशन गरेका हुन् ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू