चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित कलाकार पूजा शर्मा, बेनिशा हमाल, दिनेश डीसी, शुम्भजीत बासकोटासहितका कलाकार लण्डन उडेका छन् ।
थर्ड आईले लण्डनमा आयोजना गरेको नेपाली फिल्म फेस्टिभलमा सहभागी हुन यी कलाकारको टोली शुक्रबार लण्डन प्रस्थान गरेको हो ।
अध्यक्ष केसी लण्डन जानुपूर्व घरबिदामा बसेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवसँग बिदा मागेर उनी लण्डनतिर गएका हुन् । बोर्डको आगामी अध्यक्षको रुपमा चर्चामा रहेका डीसी पनि सँगै त्यता लागेका छन् ।
केसी बिदामा बसेपछि सदस्य सचिव राजेशकुमार थापाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । अध्यक्ष केसीको आगामी मंगलबार बोर्डको कार्यकाल सकिन लागेको हो ।