काठमाडौं । अस्थिर सरकारको मौका छोप्दै नेपाली भुमी प्रयोग गरेर अनेत्र देशमा अबैध सामानको ओसारप्रसार गर्ने कार्यमा पछिल्ला दिनमा नियन्त्रण नहुदाँ झन बृद्धि हुदै गएको छ । यसरी नेपाली भुमी प्रयोग गरि अधिकाशं नेपालीहरुलेनै सो अबैधधन्दा चलाई रहदाँ समेत सरकारको कुनै चासो नजानुले पनि खुलेआम तस्करी कार्यले तीब्रता पाएको सहनै अनुमान लगाउन सकिन्छ ।
नेपाली व्यवसायी र राजनीतिक दलका नेताहरुको संलग्नतामा नेपाली भुमी प्रयोग गरि भारतीय र चीनियाँ तस्करहरुले बढीमात्रामा सो अबैधधन्दाहरु च्लाउदै आएको भेटिएको छ । भारतीय तथा चिनियाँ तस्करले २०६० सालदेखि रक्तचन्दनको अवैध कारोबारका निम्ति नेपाली भूमि प्रयोग गरे ।
सिन्धुपाल्चोक जिल्लाको तातोपानी र रसुवा नाकाका भन्सार कर्मचारी, जिल्लादेखि केन्द्रसम्मका सुरक्षा निकायका उच्च अधिकृत र विभिन्न तहका नेताको संरक्षणमा सो धन्दा चलेको खुलेपनि अनुसन्धान गर्ने र कारबाही गर्ने आँट कुनै पनि सरकारले गर्न सकेन कारण सो धन्दामा तीनै सरकारका नेता र कार्यकर्ता परिचालन गरिएर गरिएको थियो । चीनमा विलासी फर्निचर बनाउन प्रयोग हुने रक्तचन्दको अवैध कारोवारमा नेपाली पक्षले पारवहन सहजकर्ताको भूमिका खेलेको थियो ।
त्यसबाट लाभान्वित आपराधिक समूह क्रमशः आर्थिक तथा संगठित अपराधसँग समेत जोडिँदै गए । यसका कारण नेपालको अन्तर्राष्ट्रिय जगत्मै बदनाम भयो । अन्तराष्ट्रिय स्तरमै बदनाम हुन थालेपछि सरकारले हस्तक्षेप गरेको भएपनि तस्कर एक इन्च पनि हच्किएनन । बरु खुला रुपमा रक्तचन्दनले भरिएका गाडी तातोपानी भन्सार नाकातर्फ लगी रहे । त्यो अवस्थामा रक्तचन्दनका लागि जति पनि पैसा तिर्न तयार चिनियाँ तस्कर अन्य लाभकारी धन्दातर्फ मोडिएका थिए ।
जसमा डलर, सुन, वन्यजन्तुका अंगप्रत्यंग, जडीबुटीलगायत थुप्रै बस्तुको समेत निकासी गरेपनि कारबाही गर्ने आँट सरकारले कहिल्यै सकेन । पछिल्ला वर्षमा नेपालमा चिनियाँ तस्करले जरो नै गाडेर बसेका छन् । आवरणमा होटल, रेस्टुराँ र अन्य व्यापार देखिएर नेपाल बस्दै आएका चीनियाँ नागरिकहरुले भित्रभित्रै विभिन्न अवैध धन्दा चलाउदै आएका छन् । जुन ८८ किलो सुन केरुङ नाकाबाट काठमाडौं ल्याएका चिनियाँ नागरिकलाई वान विई मिङ ठमेलका होटल व्यवसायी भएको भेटिएको छ ।
पछिल्लो समय चीनबाट भारी मात्रामा भित्रेका सुन नेपालका सुन पसलमा प्रशस्तै बिक्री पनि हुने गरेको छ । त्यस्तो सुनका लागि लक्षित गन्तव्य भारत बजार रहेको छ । प्रहरीले बेला बखत सुनसहित सुन पलसलेलाई पक्राउ गरेसंगै अबैध सुनको खरिदबिक्री बढीमात्रामा न्यूरोडमा हुने गरेको छ ।
गत वर्ष भूगोलपार्कस्थित भाग्यलक्ष्मी ज्वेलर्सका सञ्चालकद्वय विक्रम मित्तल र विवेक मित्तललाई पक्राउ गरेपछि सो अबैधधन्दाको खरिददार नेपालमा सुन पसल चलाउनेहरुले गर्दै आएको पनि ठहर भएको छ । उनीहरूलाई भारतीय नागरिक भागिरथ चौधरीले सुन सप्लाई गर्दै आउने गरेका छन । चौधरीले ‘मामा’ उपनामका चिनियाँ तस्करबाट सुन लिएर काठमाडौंका सुन पसललाई सप्लाई गर्दै आएको भेटिएको छ । चिनियाँ तस्करले ल्याएको सुन नेपाली सुन व्यवसायीले खरिद गर्ने कार्यले अझै पनि निरन्तरता पाएको छ ।
उक्त घटनाको अनुसन्धानले चिनियाँ तस्करले भारत मात्रै नभएर नेपालमा समेत आफ्नो जालो विस्तार गरेको भेटिएको छ । २०७० असारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३५ किलो सुन कोटेश्वरबाट बरामद गरेको थियो । ट्रक चालक निमा छिरिङ, सुन धनी ग्याम्जो लामा, मनोहरकुमार अग्रवाल र गाडीधनी नाङ्गेल भनिने ओमबहादुर बज्राचार्य पक्राउ गरिएपछि सो अबैधधन्दाको खुलासा भएको हो ।
गाडीको अगाडिको भागमा लुकाएर ल्याइएको सुन तातोपानी नाकाबाट सेटिङमै चिनियाँ तस्करले नेपाल भित्राएका थिए । सो अबैध सुनपनि सुराकी विवादमा परेपछि पक्राउ गरिएको थियो । सीआईबीले १५ किलो सुनसहित सात जना पक्राउ गरेको थियो । त्यो पनि केरुङ नाका हुँदै काठमाडौं भित्रिएको सुन रहेको थियो ।
चिनियाँ तस्करले नै सुन काठमाडौं ल्याई नेपाली ठेकेदारलाई जिम्मा लगाउने गरेको निष्कर्षमा प्रहरी अनुसन्धानबाट खुलेपनि अहिलेसम्म भरियाभन्दा माथीका कोही कसैलाई कारबाही गर्न सरकारले सकेको छैन । घटना प्रकृति फरक फरक हुने गरेको छ । तर चिनियाँ तस्करहरुले नेपाली भूमिमा आपराधिक जालो फैलाउन उद्यत भएको ठहर पनि प्रहरीले गरेको छ । सीआईबी, महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरीको विशेष ब्युरोको अनुसन्धानबाट नेपालमा चिनियाँ तस्करको जालो फैलँदै गएको देखाएको छ ।
सुरुमा रक्तचन्दन कारोबारमा चिनियाँ तस्करले जुन हिसाबले लगानी गरेका थिए पछि त्यही ढंगमा अहिले सुनमा लगानी गरि रहेका छन् । यसरी बेलाबखत उपत्यकासहित काभ्रे र सिन्धुपाल्चोकमा ४० टन रक्तचन्दन बरामद भएको गरिएको थियो । तत्कालिन मुल्य अनुसार १८ करोड रुपैयाँ बराबरका दुई लाख २९ हजार तीन सय ४६ किलो बरामद रक्तचन्दन कुहिएर बसेको छ ।
२०७३ माघमा तीन लाख अमेरिकी डलर र अन्य विदेशी मुद्रासहित तीन चिनियाँ नागरिक पक्राउ परेका थिए । झोेङ डौफाङ, झौ सिलियोन र झाओलियाङ फेङलाई प्रहरीले नागढुंगाबाट नियन्त्रणमा लिएको थियो । यो रकम उनीहरूले ठमेलकै मनि एक्चेन्जबाट सटही गरेको समेत प्रहरीले पत्तो लगाएपनि कारबाही गर्न नेपाल सरकारले सकेन ।
खासगरी चीनबाट सुन ल्याएपछि तस्करले उनीहरूलाई डलर साटेर ल्याउन प्रयोग गरेका थिए । नागढुंगाबाटै ६ जना चिनियाँ नागरिक विदेशी मुद्रासहित पक्राउ परेका थिए । याओ जिनवान, ताङ, युछिङ, झेङ सुयान, झाओ जिनछेन, सी झियुन, लियू छियोमोई नामक चिनियाँ नागरिकबाट प्रहरीले तीन लाख ४९ हजार तीन सय अमेरिकी डलर, ६ हजार आठ सय ५० युरो, १७ हजार सात सय ८१ चिनियाँ यूआन, २९ लाख ५० हजार जापानी एन, दुई हजार दुई सय स्वीस फ्रेंक, एक हजार चार सय अस्ट्रेलियन डलर, एक हजार एक सय पाउन्ड स्टर्लिङ र २४ हजार नेपाली रुपैयाँ बरामद गरेसंगै नेपालको भुमी चीनियाँ र भारतीयहरुले अबैधधन्दाकालागि प्रयोग गरेको खुलेको हो ।
‘सुन तस्करीबाट पाएको नेपाली पैसालाई डलर र अन्य विदेशी मुद्रामा सटही गरेको अनुसन्धानले देखाएको छ । चीनबाट सुन ल्याउने र काठमाडौंमा बिक्री गरेपछि डलर लिएर जाने प्रवृत्ति अहिले चीनियाँहरुको दैनिकी नै बनेकोे छ । चिनियाँ नागरिक डलर तस्करीमा प्रयोग भएको पुष्टि भै सकेपनि सरकारी निकायबाट अनुसन्धान र अनुगमन समेत गर्न सकेको छैन । चिनियाँ नागरिकले डलर तस्करीका लागि सुरक्षा संवेदनशील क्षेत्र विमानस्थललाई समेत प्रयोग गरि रहेका छन् ।
विमानस्थलमा कडा सुरक्षा जाँच हुने भएपछि सडकमार्गबाट डलर तस्करी गर्ने काइदा रोजे पनि चिनियाँ तस्कर पक्राउ परेका थिए । २०७२ भदौ १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक यि वाङ पक्राउ परेपछि सो अबैधधन्दाको खुलासा भएको हो । उनले चुरोटको बट्टाभित्र ६० हजार डलर राखेर लैजाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानपछि उनी चार पटकसम्म नेपाल आएर डलर तस्करी गरेको पत्ता लागेको खुलेको थियो ।
नेपालमा चिनियाँको गतिविधि २०५० सालदेखि बढीमात्रामा सुरु भएको देखिन्छ । सुरुमा कन्स्ट्रक्सनको निहुँमा छिरेका उनीहरूले ठमेल, बानेश्वरलगायत ठाउँमा आफैं बस्न गेस्ट हाउस बनाएर सो धन्दा चलाउन थालेको पाईएको छ । पछि रेस्टुराँ र ठूला होटल खोलेर व्यापार सुरु गरेर धन्दालाई निरन्तरता दिदै आएका छन ।
२०५८ पछि पर्यटक एवं व्यवसायीका रूपमा चिनियाँ भित्रिन थाले । केही चिनियाँ नागरिक व्यवसायकै आडमा अहिले रक्तचन्दन, सुन, डलर तस्करीमा समेत संलग्न रहेका छन् । सुन भारतमा बढी खपत हुने गरेको छ । रक्तचन्दन चीनमा बढी खपत हुन्छ । यी दुवै वस्तु एक मुलुकबाट अर्कोमा जाँदा नेपाली भूमि प्रयोग गरिदै आएका छन् ।
यसका पछाडि नेपालको खुला सिमाना र कमजोर प्रशासन संयन्त्रकै फाईदा उठाउदै सो अबैधधन्दा नेपाली भुमी हुदै भएको हो । नेपालमा दैनिक कति सुन खपत हुन्छ ? दैनिक कति सुन भित्रन्छ ? भनेर सरकारसंग सोधेको खण्डमा सजिलै उत्तार आउने गरेको छ २० किलोग्राम । यो सुन आयातका लागि नेपाल राष्ट्र बैंकले तोकेको कोटा हो ।
तर, नेपाली बजारमा नै २० केजी सुनले दैनिक माग नधान्ने व्यवसायीहरू बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपालमा दैनिक ३० केजी र विवाहको मौसममा ४० केजीभन्दा बढी सुन खपत हुने गरेको तथ्याङक दिने गरेको छ । सरकारले दिने २० केजी सुनले माग अनुसार नपुग्ने महासंघले बताएसंगै नपुग सुन कहाँबाट परिपुर्ति भै रहेको छ भन्ने बारे जो कोहीले सहजै अनुमान लगाउन सकिन्छ चोरी पैठारीबाट आएको छ । नेपालमा बैंकहरूले मात्रै सुन आयात गर्न पाउँछन् ।
राष्ट्र बैंकको अनुमति लिएर वाणिज्य बैंकहरूले पालैपालो सुन आयात गर्ने गर्छन् । पछिल्लो समय बाला बनाएर त्रिभुवन विमानस्थल हुँदै सुन भित्रिने क्रम बढेको थियो । बाला बनेर मात्र दैनिक औसत साढे १० किलो सुन यसरी नेपाल भित्रिरहेको छ । भन्सारले मात्रै होइन, विमानस्थलमा प्रहरीले पनि सुन बरामद गरेको छ ।
विमानस्थलबाट उम्किने सुनको त कुनै लेखाजोखा नै छैन । विमानस्थलमा खटिएका इन्टेलिजेन्स र सुरक्षा अधिकारीहरूको भनाइलाई आधार मान्ने हो भने अवैधरूपमा ल्याउने सुन दैनिक १०० केजीसम्म हुने गरेको बताउछन् । ती सुन अधिकाशं सेटिङमै नेपाल भित्रिरहेको प्रहरीले जनाएपनि कारबाही गर्नबाट भने माथिल्लो तहबाट रोकिने गरेको अनुभब समेत सुनाउने गरेका छन् । रसुवागढी नाकाबाट दैनिक ५० केजीसम्म सुन भित्रिने गरेको बताइन्छ ।
नेपालबाट चीनतर्फ बूलेट बाइक लिएर जाने र फर्किँदा पार्टपूर्जा नै सुनको बनाएर ल्याउनेसम्मका गतिविधि हुने गरेका छन् । कतिपय अवस्थामा सुन कहाँ छ भनेर प्रहरीले फेला नै नपार्ने गरेको छ । यसका अलावा डोल्पा, दोलखालगायत जिल्लास्थित चिनियाँ नाकाहरूबाट पनि नेपालमा सुन भित्रिरहेको छ ।
डोल्पा वर्षमा १५ दिनमात्र खुल्ने नाकाबाट दैनिक १० केजीसम्म सुन भित्रिने गरेको छ । यि सवै सेटिङ, तस्करको चलाखी आदि कारणले अवैध सुन निर्बाध भित्रिरहेका छन । २०७७ कात्तिक १ गते पर्साको वीरगञ्ज नगरपालिका– ५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्ल्याटबाट साढे २२ केजी सुन प्रहरीले बरामद गरेको थियो । भारतको पूर्वी चम्पारण हरैयाका नागरिक अशोक सिन्हाको फ्ल्याटमा सुन र चाँदी फेला पारको थियो ।
तर त्यो सुनको धनी को हो ? भन्ने तथ्य प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन । प्रहरीले सिन्हालाई पक्राउ गर्न सकेन । सुरक्षा अधिकारीहरूको दाबीलाई आधार मान्ने हो भने चीनबाट नेपाल हुँदै भारततर्फ सुन तस्करी हुने गर्छ । दुबईबाट पनि नेपालको विमानस्थल प्रयोग गरी सुन भारततर्फ जाने गरेको उनीहरू बताउँछन् । भारतमा १ नम्बरी (२४ क्यारेट) को सुन निकै कम पाइन्छ । महंगो पनि पर्छ । अर्कातर्फ भारतमा चुनाव हुँदा पैसाभन्दा सुन धेरै प्रयोग हुने गरेको छ ।