Home अपराध खबर भरुवा बन्दुक  र चोरीका सामानसहित ३ जना पक्राउ

भरुवा बन्दुक  र चोरीका सामानसहित ३ जना पक्राउ

0

काठमाडौँ । प्रहरीले एक भरुवा बन्दुक र चोरीको समानसहित ३ जनालाई पक्राउ गरेको छ ।

झापाको अर्जुनधारा नगरपालिका–७  मिलडाँडा बस्ने इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला फुटाई चोरी गरेका तीन जनालाई बन्दुकसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ बस्ने १९ वर्षीय आदित्य लिम्बु, २२ वर्षीय छिरिङ तामाङ २१ वर्षीय निखिल तामाङ रहेका छन् । 

छिरिङ तामाङको घरमा लुकाई छिपाई राखिएको अवस्थामा १ थान भरुवा बन्दुक समेत फेला परेकोले बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

Exit mobile version