Sunday, March 16, 2025
spot_img
Homeगृहपृष्ठभरतपुरमा दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, तीन जना को अवस्था...

भरतपुरमा दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, तीन जना को अवस्था गम्भीर

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकामा दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।वडा नम्बर २९ दासढुङ्गामा ना५९प २६२१ नम्बरको मोटरसाइकल र ना६५प ७२२५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो। दुवै मोटरसाइकलमा दुई-दुई जना सवार थिए।

मृत्यु हुनेमा ना६५प ७२२५ नम्बरको मोटरसाइकल चालक भरतपुर-७ बस्ने ४० वर्षीय प्रकाशबाबु थापा रहेका छन्। दुर्घटनास्थलमा घाइते उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।

ना५९प २६२१ नम्बरको मोटरसाइकल चालक रत्ननगर नगरपालिका-१३ का २२ वर्षीय सुदर्शन आचार्य , भरतपुर-७ का ५८ वर्षीय तिलक बहादुर थापा र पछाडी सवार ४४ वर्षीया सावित्री आचार्य घाइते भएका छन्।

घाइतेमध्ये सुदर्शनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि  राति ११ बजे काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू