Home अपराध खबर भक्तपुरमा महिलाको हत्या, कारण लुटपाट

भक्तपुरमा महिलाको हत्या, कारण लुटपाट

0
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

कार्तिक २८ मा साँझ भक्तपुरको दरबार स्क्वायरमा ९४ वर्षीया विष्णु कुमारी त्वयना मृत फेला परिन् । आफू बस्ने घरको तेस्रो तलामा उनी मृत अवस्थामा भेटिएकी हुन् ।

घरको दुईतला भाडामा लगाएर त्वयना एक्लै तेस्रो तलामा बस्थिन् । उनका ४ भाइ छोरा र बुहारी सूर्यविनायकमा बस्छन् । भक्तपुर नगरपालिका–३ दरबार स्क्वायरमा उनको अर्को पनि घर छ । दुवै घरको भाडा त्वयनाले नै उठाउँथिन् ।

आफू बस्ने घरको ६ हजार ५ सय र अर्को घरको २० हजार भाडा आउँथ्यो । उनको वृद्धभत्ता पनि आउँथ्यो ।

भक्तपुरमा खुट्टा बाँधिएको अवस्थामा महिला मृत फेला
हत्याराले दुवै खुट्टा बाँधेर मुखमा कपडा कोचेर उनको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यापछि कानमा लगाएको ८ आनाको सुनको रिङ र थैलीमा भएको पैसा हत्यामा संलग्नले लुटेर लगेको भेटिएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘थैलीको नगद र सुन लुटेको देखिन्छ ।’

उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपीद्वय रुगम कुँवर र सुवास बुढाथोकी नेतृत्वको टिमले घटनाबारे अनुसन्धान गरिरहेको छ । हत्यामा संलग्न आशङ्कामा केही शंकास्पदहरुलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । तर, प्रहरी आरोपीसम्म पुग्न सकेको छैन ।

घर नजिकै त्वयनाकी बुहारीले पसल चलाउँछिन् । कार्तिक २७ मा साँझ बुहारीले पसल बन्द गरेपछि उनी घरमा फर्केको परिवारका सदस्यहरूले बताएका छन् । पसलबाट फर्केको करिब २ घण्टाको बिचमा उनको हत्या भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

Exit mobile version