Tuesday, December 3, 2024
spot_img
Homeगृहपृष्ठबैतडीमा १४ वर्षीया किशोरीले जन्माइन् जुम्ल्याहा सन्तान

बैतडीमा १४ वर्षीया किशोरीले जन्माइन् जुम्ल्याहा सन्तान

बैतडी– बैतडीमा १४ वर्षीया एक विवाहित किशोरीले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । 

भदौ २६ गते डडेल्धुरा अस्पतालमा पाटन नगरपालिकाकी १४ वर्षीया किशोरीले जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् । अस्पतालका अनुसार उनले जन्म दिएको पहिलो सन्तान १ किलो ९ सय ग्राम र दोस्रो सन्तानको तौल १ किलो ७५० ग्राम रहेको बताइएको छ ।

शिशुहरूलाई आइसियु वार्डमा राखिएको छ । दुवै शिशुको अवस्था सामान्य बन्दै गएको डडेल्धुरा अस्पतालकी वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक बालकुमारी बस्यालले जानकारी दिइन् । गत वर्ष मात्रै प्रेम विवाह भएको र यस वर्ष दुवै सन्तानलाई सकुशल जन्म दिएको किशोरीका १७ वर्षीय श्रीमानले जानकारी गराएका छन् ।

२० वर्ष उमेर नपुगेका महिलामा पाठेघरको विकास राम्रोसँग नहुने भए पनि १४ वर्षको उमेरमै जुम्ल्याहा बच्चालाई जन्म दिएको घटना दुर्लभ मानिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए ।

बैतडीमा मात्रै विगत २ वर्षको अवधिमा २० वर्ष नपुगिकनै गर्भवती हुने महिलाको संख्या करिब ५ सय रहेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू