Wednesday, December 4, 2024
spot_img
Homeअपराध खबरबिचौलियाको घेराभित्र मुख्यसचिव अर्याल : शाखा अधिकृतको योजना कार्यान्वयन गर्ने

बिचौलियाको घेराभित्र मुख्यसचिव अर्याल : शाखा अधिकृतको योजना कार्यान्वयन गर्ने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत एक ‘बिचौलिया’ शाखा अधिकृतसँग मुख्यसचिव डा। बैकुण्ठ अर्यालका राम्रै उठबस रहेको आरोप केही कर्मचारीले लगाएका छन् । ती अधिकृतले प्रधानमन्त्री कार्यालयबाट हुने सरूवा, बढुवाका बारेमा सम्वन्धित पक्षलाई अग्रिम जानकारी दिएबापत राम्रै उठ्तीपुठ्ती गर्ने गरेको समाचारस्रोतले जानकारी दिएको छ । बाक्लो संगतका कारण मुख्यसचिव अर्यालल नै ती अधिकृतलाई ‘बिचौलियाका’ रूपमा परिचालन गरेको हुनसक्ने आशंका समेत हुन थालेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा। पुष्प कँडेल रहेका थिए । कँडेलको निजी सचिव भएर काम गरेका ती शाखा अधिकृत अहिले मुख्यसचिव अर्यालको भित्रिया भएर दैनिक जसो उनकै कार्यकक्षमा भेटिने गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

उनको काम भनेको आकर्षक र मालदार निकायमा हुने सरूवा, थमौती र ठुला खरिद, निर्माणको काममा मन्त्रालयका सचिव, सहसचिव, विभागका महानिर्देशक र आयोजना प्रमुखमार्फत लाभ लिने गरेको चर्चा प्रधानमन्त्री कार्यालयमा चल्दै आएको छ । शाखा अधिकृत घिमिरे मन्त्रिपरिपद् बैठक बस्नु अगाडि के–के विषय बैठकमा पेस हुँदैछ भनेर विशेष चाख सचिव, सहसचिव र शाखा प्रमुखसँग चासो राख्ने र खोजिनीति गर्ने गरेको जानकार स्रोत बताउँछ ।

उनले के हैसियत र आधारमा मुख्यसचिव अर्यालसँग निकट भएर मन्त्रिपरिषद्मा पेश गर्ने विषय खोज्ने र ती विषय बुझेर मन्त्रालयका सचिव, सहसचिव, विभागका महानिर्देशक र आयोजना प्रमुखहरूसँग ब्रिफिङ गर्छन भन्ने बिषयमा प्रश्नसमेत उठेको स्रोतले बताएको छ । उनले मुख्यसचिव अर्यालसँग मिलेमतो गरी विभिन्न मन्त्रालयका निर्णय सम्बन्धी सूचना लिने र आयोजना प्रमुखसँग उठबस बढाउने गरेका छन् ।

मुख्यसचिव अर्यालसँग विभिन्न मन्त्रालय, निजामती प्रशासनका बारेमा खासै सूचना दिने कोर टिम छैन । जसका कारण यस्तै अधिकृतलाई परिचालन गरेर आफनो दुनो सोझयाउने गरेको आरोप खेप्दै आएका छन् । टेरामक्स प्रणाली खरिदमा मुख्यसचिव अर्यालको प्रत्यक्ष संलग्नता देखिएपछि उनी यतिखेर थप तनावमा परेको चर्चा सिंहदरवार परिसरमा चल्ने गरेको बताउदै साँघुले लेखेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू