Tuesday, December 3, 2024
spot_img
Homeगृहपृष्ठबालुवाटारमा संवैधानिक परिषद्को बैठक

बालुवाटारमा संवैधानिक परिषद्को बैठक

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठक आज बिहान ९ बजेबाट शुरु हुनेछ । बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नसक्ने सम्भावना रहेको बताइएको छ । संवैधानिक परिषद्को बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहालले शनिवार साँझ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर भेट वार्ता गरेको थिए ।

प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्ष दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख रहने व्यवस्था छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू