२०६० सालतिर महोत्तरीस्थित साविकको खयरमारा-३ का युक्ति ढकालको मृत्यु भएपछी घाटमा चित्ता राखेर जलाउन ठिक वनाउदा एक्कासी आएको बाढीले शव नै वेपत्ता वनाएको गाँउलेहरूले अझै बिर्सन सकेका छैनन ।
२०७८ सालमा समेत गाँउ कै एक जना विकको शव वगाउदासम्म दाहसंस्कार नै नगरी बाढीले एक दर्जन भन्दा बढी शवलाई निलेको रेकर्ड छ ।
भालुजोरा खोला र टुटेश्वर खोलाको दोभानमा रहेको यो घाटमा दाहसंस्कारको लागि लैजादा वगाउने क्रम निरन्तर चलेपछि २०८० सालमा स्थानियहरुले आफै तटवन्धन लगाएर एउटा घाट घर वनाएका थिए ।
तर केहीदिन अगाडी आएको बाढीले यसलाई पूर्णरुपमा क्षतिग्रस्त वनायो भने तटवन्धन लगाएका ठाँउहरु वगाएर बगरमा परिणत भए ।
टुटेश्वर मन्दिरवाट ५ सय मिटरमाथी रहेको यो घाटलाई बर्दिवास-१०, ११ र ५ का झन्डै ११ हजार जनसंख्याले प्रयोग गर्ने गर्दछन् ।
त्यसैले वाढीले चित्तासहित निलेको आफन्तहरुको शवलाई आँखै अगाडी देखेका स्थानीयहरू उँही पुरानो नियति दोहोरिने चिन्ताले अहिले सरोकारवालाहरुसँग सहयोगको अपिल गरिरहेका छन् ।
‘हिन्दु परम्पराअनुसार दांहसंस्कार अनिवार्य हो तर घाट नै असुरक्षित भएपछी चित्तामा राखेको शवलाई नै खोलाले वेपत्ता वनाउछ भने त्यो भन्दा नराम्रो के हुन् सक्ला र ?’ स्थानीय विष्णुदेव भण्डारीले प्रतिप्रश्न गर्दै भने । ‘स्थानीय सरकार, प्रदेश सरकार, संघिय सरकारले यसमा गम्भीर ध्यान देओस ।’
२०८० साल फाल्गुनमा बिष्णुदेव उपाध्यायको संयोजकत्वमा स्थानियहरुले चन्दा उठाएको १२ लाख र प्रदेश सरकारले दिएको १५ लाख गरी २७ लाखमा वनाएका २ वटा घाट घर र तटवन्धन क्षणभरमा नै क्षतिग्रस्त वने ।
यसरी एक बर्ष पनि नपुग्दै क्षतिग्रस्त वनेपछि पुन:निर्माण कसरि गर्ने भन्ने स्थानियहरुमा थप चिन्ता थपिएको हो ।
वडा नं.११ का लक्ष्मी प्रसाद चौलागाँई अव पुन: स्थानियहरुको नै चन्दावाट निर्माण सम्भव नभएको वताउछ्न । ‘स्थानियहरुले पहिले जसरी नै उठाएर वनाउन सकिने अवस्था छैन यसको लागि सरकारले हामरो समस्यालाई महसुस गरिदेओस ।’ चौलागाईले भने । ‘नत्र त्रास-त्रासमा नै वाच्नुपर्ने अवस्था रहन्छ ।’
वडा नं १० का पुर्व अध्यक्ष धनलाल श्रेष्ठ पनि परम्पराअनुसार चल्दै आएको दांहसंस्कारलाई ढुक्क हुने वातावरण सिर्जना गरिदिन सरोकारवालाहरुलाई आग्रह गर्दछन । वैकल्पित घाट पनि नभएको हुनाले पुन: निर्माण अविलम्ब हुनुपर्ने उन्को भनाई छ ।