काठमाडौं । ललितपुर महानगरपालिका-९ च्यासलबाट बागमती नदीमा हामफालेकी युवतीको शव मकवानपुरमा भेटिएको छ।
१६ भदौको साँझ बागमती नदीमा हामफालेकी रुकुम घर भएकी युवती अन्जली शर्माको शव भेटिएको हो । उनको शव मकवानपुरको बागमती गाउँपालिका–९ गैरिगंगास्थित बागमती नदी किनारमा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए। मृतकका आफन्तले शव सनाखत समेत गरिसकेको उनले बताए ।
बागमती नदीमा हामफालेकी युवतीको खोजी गर्ने क्रममा पुलमुनि अन्जली शर्मा, घर रुकुम मुसिकोट लेखिएको नोटसहितको झोला र मोबाइल भेटिएको थियो।