Wednesday, December 4, 2024
spot_img
Homeअपराध खबरबाँकेमा सहकारी ठगीका ६ सयभन्दा बढी उजुरी

बाँकेमा सहकारी ठगीका ६ सयभन्दा बढी उजुरी

बाँकेमा प्रहरीले एक सहकारीमा भएको ठगी सम्बन्धमा उजुरी सङ्कलन गरेको छ ।

हालसम्म नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर आसपासका करिब छ सय बचतकर्ताको उजुरी सङ्कलन भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनले नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको बचत अपचनलविरुद्ध उजुरी सङ्कलन गरिएको बताए । कति रकम अपचलन गरेको भन्ने निश्चित हुन  बाँकी रहेको उनको भनाइ छ।

प्रहरीले गत साउन ८ गते सूचना प्रकाशन गरेर बचतकर्तालाई उजुरी गर्न आह्वान गरेको थियो ।

प्रहरीले यसअघि पनि समानता बचत तथा ऋण सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लगायतको उजुरी सङ्कलन गरेको जनाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू